काठमाण्डौ । नोकिया ले हाल  कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको छ ।

कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ आफ्नो वाचालाई कायम राख्न, आफ्ना ग्राहकहरुका लागि नोकिया फोनको वारेन्टी अवधि थप ४५ दिनको लागि लम्ब्याएको छ ।  यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टीमा लागू गरिएको जनाएको छ ।

उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ ।
नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटक प्रा. लि. का अनुसार नोकिया फिचर फोनहरु तथा नोकिया सी वान स्मार्टफोन मा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारन्टीको सुबिधा दिदैं आएको बताएको छ ।