काठमाण्डौ । भारतमा यतिखेर नोटबन्दीको डरले कालोधन जम्मा गर्नेहरुले ठूलो दरका नोट राख्न छाडेका छन् ।

विशेषगरी आयकर विभाग र अन्य एजेन्सीहरुले छापा मार्ने क्रममा पहिले कालोधन जम्मा गर्नेहरुका साथबाट ठूलो दरका नोट व्यापक फेला पथ्र्यो तर अहिले परिवर्तन आएको छ ।

सन् २०१६ नोम्बरमा गरिएको नोटबन्दीपछि अवैध धन जम्मा गर्नेहरुको मनमा त्रास उत्पन्न भएको छ कि सरकारले कति खेर ठूलो दरका नोट कारोबारमा बन्द गर्नेछ । यतिबेला भारतीय बजारमा सबैभन्दा ठूलो दरको नोट भनेको रु २००० को हो । तर आयकर विभागले छापा मार्दा २००० दरका नोट कमै फेला पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०१७/१८ मा विभागले विभिन्न स्थानमा छापा मार्दा ६८ प्रतिशतभन्दा बढी २००० दरका नोट फेला परेका थिए तर गत वर्ष २०१८/१९ मा भने केवल ४३ प्रतिशतमात्र २००० दरका नोट फेला परेका छन् ।

त्यसो त भारतमा २००० दरको नोट कम फेला पर्नुमा रिभर्ज बैंक अफ इन्डियाले छपाइमा कम गर्नु पनि अर्को कारण रहेको बताइन्छ । यसका साथै नोबन्दीका कारण मानिसहरुले २००० दरका नोट कम प्रयोग गर्न थालेका छन् ।

अहिले भारतमा कालो धन जम्मा गर्नेहरु साना दरका नोटहरु जम्मा गर्न थालेको समाचार स्रोतहरु बताउँछन् । भारीय वित्तमन्त्री निर्मला सीतारमन भन्छिन्, ‘पछिल्लो तीन आर्थिक वर्षमा छापा मर्दा २००० दरका नोटहरु बरामद हुने क्रम घट्दै गइरहेको छ ।’

नोटबन्दीपछि १००० र ५०० दरका नोट बन्द भएपछि २००० दरका नोट प्रचलनमा ल्याइएको थियो । यसअघि विभाले छापा मार्दा कालो धन जम्मा गर्नेहरुका साथबाट बढीजसो १००० र ५०० दरका नोट बरामद हुन्थे । – एजेन्सी