काठमाण्डौ । नेपाल राष्ट्रबैंकले जारी गरेका नेपाली नोटहरुलाई जतन नगर्ने बानी तपाईको छ र नोटमाथि अनावश्यक हर्कत गर्नुहुन्छ भने अब तपाईले  यस्तो बानी छाड्नुपर्ने भएको छ । 

नोट तथा सिक्का च्यात्ने, गाल्ने, जलाउने र केरमेट गर्न नपाउने कडा कानून भदौदेखि कार्यान्वयनमा आउँदैछ । 

मुलुकी अपराध(संहिता) ऐन २०७४ को दफा २६३ को उपदफा (१) र (२) मा नोटमाथि जथाभावी गर्नेलाई कडा कारबाही हुनसक्ने कानूनी व्यवस्था गरिएको हो ।

ऐनमा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न  वा बैंक नोटमा लेख्न नहुने र त्यसो गरे त्यो अपराध करार हुने प्रष्ट्याइएको छ । यदि कसैले नोटमा लेख्ने काम मात्र गर्यो भने पनि त्यस्लाईलाई पक्राउ गरी ३ महिनासम्म जेल र ५ हजार रुपैयाँसम्म जरीवाना हुने कानूनी व्यवस्था छ । 

यस्तै, दफा २६४ ले झूत्रो बैंक नोट दुरुपयोग गर्न नहुने व्यवस्था समेत गरेको छ । यो व्यवस्था अन्तरगत धेरै पुरानो र झूत्रो भइसकेको नोटलाई कुनै कारणले चलनचल्तीमा  नल्याई सडाउने, जलाउने जस्ता मनोमानी कार्य गर्नेलाई मसते ५ वर्षसम्म कैद हुनसक्ने बताइएको छ । साथमा ३० हजार नगद जरीवाना समेत हुनसक्नेछ । 

नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले विगत लामो समयदेखि सफा नोट नीति लिइरहेको छ । यो बीचमा विभागले बैंक तथा बित्तीय संस्थाहरुलाई बैंकका नोटहरुको बण्डलमा स्टीच नमार्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ । विभागका एक अधिकारीका अनुसार नोटमा स्टीच गर्ने क्रम निक घटे पनि बैंकहरुले थोत्रा तथा झूत्रे नोट समेत अझै प्रचलनमा  ल्याइरहेका छन् । यो प्रवृति केन्द्रीय बैंकको सफा नोट नीतिको आगामी यात्रामा चुनौतिपूर्ण हुनसक्ने बताइन्छ ।

विभागका एक अधिकारीका अनुसार सफा नोट नीति कार्यान्वयनमा सहयोग नगर्ने बैंक तथा बित्तीय संस्थामाथि अब कारबाही हुनेछ । विभाग कडा रुपमा अगाडि नआएसम्म सफा नोट नीतिको सार्थक कार्यान्वयन हुने  र यसका लागि आफूहरु योजना बनाएरै अगाडि बढ्ने ती अधिकारीले जानकारी दिए । 

यस्तो छ ऐनमा भएको सजाय सम्बन्धी व्यवस्था: