काठमाण्डौ । विहेवियरल इकोनोमिक्सका प्रणेता रिचर्ड थेलरले २०१७ का लागि नोबेल पुरस्कार पाउँदै गर्दा आफ्नो नज थियोरीको बिषय बताएका थिए । बिहेबियरल इकोनोमिक्सका अनुसार मानिस भएको नाताले हामी जीवनभर अतार्किक गतिविधिमा संलग्न हुने आशंका बढिरहन्छ । यहीकारण हामीले आफैंलाई सही दिशामा मोड्ने आवश्यकता पर्दछ । धेरै बचत गरेर धन जम्मा गर्नका लागि बचतकर्ताले यी चार नियम अपनाउनुपर्ने हुन्छ:

नियम १: धेरै बचत गर्नुहोस्
क) छोटो उमेरदेखि नै बचत थाल्नुहोस्: जीवनमा सानै उमेरदेखि नै बचत गर्न थाल्नुहोस् । यदि कोही व्यक्ति २५ वर्षको उमेरदेखि नै बचत गर्न सुरु गर्छ र उसले प्रत्येक वर्ष न्यूनतम १ लाख रुपैयाँ कुनै उपकरणमा बचत गर्छ र त्यसमा १२ प्रतिशतको दरले चक्रवृद्धि ब्याज प्राप्त भइरहन्छ भने उसलाई ६० वर्षको उमेरमा रिटायरमेन्टको हिसाबले पर्याप्त रुपमा ५ करोड रुपैयाँ प्राप्त हुन्छ । तथापि, कोही मानिस १० वर्ष ढिलो गरी ३५ वर्षको उमेरदेखि बचत सुरु गर्छ भने उसलाई रिटायरमेन्टको समयमा ५ करोड रुपैयाँ पाउनका लागि वार्षिक ३.५ लाख रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यदि बचतमा अझ १० वर्ष ढिलो भयो भने लगानी रकम वार्षिक १२ लाखको हुनेछ । 

ख)होशियारीपूर्वक खर्च गर्नुहोस्: आफ्नो डेबिट वा क्रेडिट कार्डको धेरै प्रयोग नगर्नुहोस् । यदि तपाईलाई बोनस प्राप्त हुन्छ भने यसलाई पनि आफ्नो तलबको महत्वपूर्ण हिस्सा मान्नुहोस् र बोनस पूरै खर्च नगर्नुहोस् । 

नियम २: बचत बढाउँदै लैजानुहोस्
क)बचत बढाउन आवश्यक: वार्षिक रुपमा बचत रकमको आकारलाई बढाउँदै तपाईले जीवनमा निकै चाँडै आफ्नो लक्ष्य हासिल गर्न सक्नुुहून्छ या लगानीबाट मोटो रिटर्न प्राप्त गर्न सक्नुुहुन्छ । प्रत्येक वर्ष महंगी बढिरहँदा त्यसका कारण तपाईको बचत रकमको मूल्य घट्न सक्छ भन्ने कुरालाई समेत विशेष ध्यान दिनुपर्छ । 

ख)यसलाई बुुझ्नुुहोस्: सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान्स(व्यवस्थित लगानी योजना) जरुरत तथा व्यवहारिक आधारमा बनाउन आवश्यक हुन्छ । विज्ञहरुका अनुसार यदि तपाईको तलबमा वार्षिक ५ प्रतिशत मात्र वृद्धि हुन्छ भने बचत रकममा १० प्रतिशत वृद्धि संभव र व्यवहारिक हुँदैन ।

नियम ३: उचित लगानी गर्नुहोस्
आफ्नो बचत रकमलाई सही ठाउँमा लगानी गर्नका लागि यी कुरामा ध्यान दिनुहोस्:
क)नाफा र नोक्सान दुवैका लागि तयार रहनुहोस्: जब तपाई प्राप्तिको खुशी भन्दा धेरै गुमाउँदा पीडा अनुुभूत गर्नुहुन्छ भने केही रकम गुमाएर त्यति नै रकम फेरि पाउने कुरामा विश्वास गर्न सक्नुुहुन्न । यदि लगानीकर्ताले यो आदतको बिषयमा आफूलाई काबुमा ल्याउन सकेनन् भने आखिरीमा तपाईले नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । 

ख) सहज रहनुहोस्: लगानीमा विविधिकरण त गर्नुहोस्, तर धेरै प्रडक्ट्सहरुमा लगानी गर्नबाट चाहि सधैं बच्नुुहोस् । ठीकठाक रिटर्नको आशा गर्नुहोस्, किनभने धेरै लगानीकर्ता बम्पर रिटर्नको आशा सँगालेर गल्ती गरिरहेका हुन्छन् । अर्को गल्ती, कमाईको चाहना र भविष्यको संभावित रिटर्नमा नजर नराख्नुु पनि हो । 

ग) स्वतः निवेश प्रक्रिया: लामो अवधिका लागि बलियो लगानीको विकल्प रोज्नुहोस् । र, समय समयमा आफ्नो पोर्टफोलियोलाई सन्तुलित बनाइराख्नुहोस् । 

नियम ४: पैसालाई यताउता नगर्नुहोस्
क)सारा लक्ष्यलाई मध्यनजर गरी लगानी गर्नुहोस्: खास लक्ष्यलाई अलग अलग लगानीलाई जोडी हेर्ने गर्ने हो भने बचतकर्ता बचतका लागि अझ धेरै प्रेरित हुन्छ ।साथै, यो बानीले लगानीको रकम समयभन्दा अगावै निकाल्ने लालचबाट रोकिदिन्छ ।

ख)इमेरजेन्सी फण्ड: इमेरजेन्सी फण्ड बनाउनुु लगानीलाई सुरक्षित बनाइराख्ने एउटा विधि हो । लगानीकर्ताले यो फण्डमा त्यतिबेला मात्र हात हाल्नुपर्ने हुन्छ, जतिबेला साच्चिकै इमेरजेन्सी परेको होस् । सामान्य जरुरतको समयमा यस्ता फण्डलाई चलाउनबाट जोगिनुपर्छ । साथै, इमेरेजेन्सी फण्डको रुपमा लगानी लिक्वीड उपकरण(बीचमा पैसा चाहिँदा सहजै निकाल्न सक्ने सुविधा भएको)मा गर्नुपर्दछ । 

ग)लक्ड–इन प्रडक्टसमा लगानी: बीचैमा पैसा निकाल्ने लालचबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको यस्तो प्रडक्टमा लगानी गर्नुपर्छ, जसमा परिपक्व हुनुुभन्दा पहिला पैसा निकाल्न नसकियोस् । यदि अन्तसम्ममा बचतको पैसा निकाल्न नसकिने विकल्पको खोजी गरिरहनुुभएको छ भने यस्तो प्रडक्टस छनौट गर्नुहोस्, जसमा लामो समयका लागि लक-इनको सुविधा उपलब्ध होस् ।