काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि विश्वका देशहरुले लकडाउन जारी गरिरहेका बेला एक जना नोबेल पुुरस्कार विजेता वैज्ञानिकले लकडाउनले ज्यान बचाउनुुभन्दा उल्टो धेरैको मृत्युु हुुने बताएका छन् । 

महामारीको प्रारम्भिक स्तरको सही पूर्वानुमान गरेका स्ट्यानफोर्ड युुनिर्भसिटीका प्राध्यापक माइकल लेभिटले कोरोनाबाट मानिसहरुलाई बचाउनका लागि घरभित्रै राख्ने निर्णय विज्ञानको उत्तम विकल्प भन्दा पनि एउटा त्रासले प्रेरित निर्णय भएको बताएका छन् । 

प्राध्यापक लेभिटले प्राध्यापक निल फर्गुुसनको सुुझाव बमोजिम लकडाउनमा उत्रिएको बेलायतमा मत्युुदर १० देखि १२ गुुणा सम्म बढेको बताए । बेलायतको पत्रिका द टेलिग्राफलाई दिएको अन्तर्वार्तामा प्राध्यापक लेभिठले भने, “मेरो विचारमा लकडाउनले जीवनहरु बचाएको छैन । परिणामस्वरुप मानिसहरुले ज्यान गुुमाएर यसको मूल्य चुुकाउनुु परिरहेको छ । लकडाउनले पक्कै पनि रोड दुुर्घटनाहरु जस्ता केही मृत्युुका कारक तत्वबाट बचाएको होला, तर घरेलुु हिंसा, सम्बन्धविच्छेद, मदिरा सेवन जस्ता सामाजिक नोक्सानहरु भने चरम सिमामा पुुगेका छन् । यसका साथै अन्य स्वास्थ्य समस्या भएकाहरुले उचित उपचार पाइरहेका छैनन ।” 

सन् २०१३ मा जटिल रसायन प्रणालीको मल्टीस्केल मोडेलको विकासका लागि नोबेल पुुरस्कार पाएका प्राध्यापक लेविटले दुुई महिना सम्म विश्वका विज्ञहरुले गरेका अधिकांश पूर्वानुुमानहरु गलत सावित भएका बताए । यसका साथै उनले बेलायत सरकारलाई, जनताहरुलाई अनिवार्य मास्क लगाउन प्रोत्साहित गर्नुुपर्ने र सामाजिक दुुरीको साटो सुुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुु पर्ने बताए । 

उता, प्राध्यापक फर्गुुसनको मोडलका अनुुसार यदि सामाजिक दुुरी कायम नगरिए मृत्युु संख्या ५ लाख सम्म पुुग्नसक्छ । लेविटले यतिबेला विश्वका नेताहरु र जनताहरु त्रास र भयमा रहेका र लकडाउनका विषयमा छलफलको अभाव देखिएको बताए । ७३ वर्षीय लेविट कुुनै महामारी विशेषज्ञ होइनन्, तर सुुरुवाती चरणमा चीन देखिएको प्रकोपको उनले आँकलन गरेका थिए र आफ्नो गणनाको आधारमा वैकल्पिक भविष्यवाणी गरेका थिए । 

लकडाउन प्रभावकारी हुुन सक्ने विषयमा उनले सहमति जनाए पनि यसलाई उनले मध्यमार्गी बाटो भएको बताए । यसका साथै आफ्नो कुुरालाई सबैले गम्भीर रुपमा लिइयोस् भन्ने मनसायले महामारी विज्ञहरुले आफ्ना दाबीहरुलाई बढाइचढाई गरी भन्ने गरेको दाबी गरे । 

उनले यस्तो टिप्पणी उनकै क्षेत्रमा काम गरिरहेका अन्य वैज्ञानिकहरुले प्राध्यापक फर्गुुसनको कामलाई प्रमाणित गर्न नसक्ने बताएपछि आएको हो । बेलायतका प्रतिस्पर्धी वैज्ञानिकहरु जसका मोडलहरुले भिन्न नतिजा देखाएका थिए, उनीहरुलाई बेलायत सरकारका सल्लाहकारहरुले वेबास्ता गरेका थिए ।