वेलिङ्गटन । न्युजिल्यान्डले अब नेपालसँग सोझै हवाइ सम्पर्क गर्न सम्झौता गर्ने भएको छ । हवाई सेवालाई थप देशमा विस्तार गर्न न्युजिल्यान्ड सरकारले सोमबार स्वीकृति जनाएको हो । अब नेपालसँग  न्युजिल्यान्ड सम्झौता गर्ने छ ।

न्युजिल्यान्ड सरकारले नेपालसहित दशवटा राष्ट्रसँग हवाई सम्झौता गरेको यातायात मन्त्री सिमोन ब्रिडजेस्ले सोमबार जानकारी दिएका छन् ।

सरकारले सुरु गरेको यो नयाँ हवाई सम्झौतामा इजरायल, मौरिसस, नेपाल, नाइजेरिया, पाकिस्तान, पानामा र पोर्चुगल रहेका छन् ।

त्यसैगरी टर्कीसँग पनि हवाई सम्झौता हुने विषयमा छलफल भईरहेको पनि मन्त्री सिमोनले बताए । रासस/सिन्ह्वा