काठमाण्डौ । नेपाल मोवाइल व्यवसायी संघको आयोजना र निजी क्षेत्रको अग्रणी दूरसंचार प्रदायक कम्पनी एनसेलको मुख्य प्रायोजनमा न्यूरोडमा जारी मोवाइल महोत्सवमा अवलोकनकर्ताको थामिनसक्नुु भीड लागेको छ । 

पुस १३ गते बुधबारदेखि सुरु भएको महोत्सवमा बिहीबारसम्ममा डेढ लाख भन्दा बढीको सहभागिता भइसकेको आयोजक नेपाल मोवाइल व्यवसायी संघका संयोजक पुरुषोत्तम बस्नेतले जानकारी दिए । उनका अनुसार संचारमन्त्री राम कार्कीले उद्घाटन गरेको मोवाइल महोत्सवमा विभिन्न कम्पनीहरुले छुटको बहार दिएकोले समेत खरीदकर्ताहरुको घूूइँचो लागेको हो । 

आयोजकले यो महोत्सवलाई हालसम्मकै सबैभन्दा ठूलो र वृहत मोवाइल मेला भन्दै आएको छ । महोत्सवको क्रममा न्यूरोडको पाको र आसपास क्षेत्र, ताम्राकार हाउस, पिपुुल्स प्लाजा लगायत स्थानका २ सय बढी मोवाइल पसलहरुलाई विशेष ढंगले सजाइएको छ । न्यूूरोड क्षेत्र बुधबारदेखि तुल ब्यानरले झकिझकाउ छ । 

महोत्सवमा सबैभन्दा बढी भीड एनसेलको स्टलमा देखिएको छ । आयोजकले मोवाइल मेलामा आएर खरीद्य गर्ने हरेकलाई एनसेलको एकथान सिम र १ सय एमबीको डाटा कार्ड उपहार दिने योजनासँगै एनसेलले समेत १ सय रुपैयाँमा चारवटा सिम दिने अफर दिएकाले धेरैको यो स्टलमा भीड देखिएको छ । एनसेलले २५ रुपैयाँ नै टकटाइम भएको चारवटा सीम १ सय रुपैयाँमै महोत्सव अवधिभरि उपलब्ध गराउने बताइएको छ । 

यसबाहेक हरेक मोवाइल कम्पनीले छुटको बहार नै ल्याएका छन् । संयोजक बस्नेतले बिजशालासँग भने-''५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।'' 

मोवाइल महोत्सवको अवसर पारेर जोपो र लियागो ब्राण्डका मोवाइलको औपचारिक लञ्च समेत गरिएको थियो । यी ब्राण्डका मोवाइलमा समेत खरीदकर्ताको राम्रो आकर्षण देखिएको छ । 

मोवाइल मेलाको साथमा विशेष गेमिङ जोन, दैनिक कन्सर्ट, फूड कोर्ट लगायतको समेत सुविधा राखिएको उनले बताए । 

‘जहाँ मोवाइल बजार, त्यहाँ मोवाइल महोत्सव’को मूल नाराको साथमा सुरु भएकोे ‘न्यूरोड मोवाइल महोत्सव–२०७३’ मा २ हजार बढी रिटेलरहरु सहभागी  छन् भने २० भन्दा बढी कम्पनीको प्रायोजन छ । महोत्सवको क्रममा भूूगोल पार्कमा हालसम्मकै सबैभन्दा ठूलो मोवाइल गेम प्रतिस्पर्धा समेत आयोजना गरिएको छ । दैनिक रुपमा आयोजना हुने प्रतियोगितामा किशोरकिशोरी र युवाहरुको भीड देखिएको छ । 

महोत्सव अवधिभरमा साबिकको तुलनामा व्यवसायीले ३ गुणा बढीको दरले व्यापार गर्ने आयोजकको अपेक्षा रहे पनि कतिपयले व्यापारमा ६ गुणासम्मले वृद्धि भएको बताएका छन् ।