काठमाण्डौ । युकी मोरी फलफूल र तरकारी जमिनमा उमार्दैनन् । उनलाई खेतीका लागि जग्गा पनि चाहिँदैन ।

जापानिज वैज्ञानिक मोरी फलफूल र तरकारी एउटा पोलिमर फिल्ममा उमार्छन्। यो पोलिमर फिल्म पारदर्शी त छ नै सजिलै यसमा यताउता जान पनि सकिन्छ ।

विशेषगरी यो पोलिमर फिल्म पहिले मानिसको सबैभन्दा महत्वपूर्ण अंग मानिने मिर्गौलाको उपचारमा प्रयोग गर्न विकास गरिएको थियो ।

यो पोलिमर फिल्मको सबैभन्दा माथिल्लो सतहमा बिरुवा उमारिन्छ । त्यहाँ बिरुवालाई आवश्यक पानी र पोषक तत्व जम्मा गरिएको हुन्छ ।

यसैगरी यसमा विभिन्न तरकारी पनि उमारिन्छ । यो प्रविधिबाट खेती गरिँदा परम्परागत खेतीको तुलनामा ९० प्रतिशत पानीको खपत कम हुन्छ । यसमा कुनै किसिमको कीटनाशक औषधको आवश्यक पर्दैन किनकि पोलिमर आफैँमा भाइरस र ब्याक्टेरिया प्रतिरोधात्मक क्षमता रहेको हुन्छ ।

यो एउटा उदाहरणमात्र हो । यसबाट थाहा हुन्छ कि जापान कसरी कृषिमा क्रान्ति गरिरहेको छ । त्यसो त जापानमा न त खेती गर्न पर्याप्त जमिन छ न त किसान नै  ।

मोरी भन्छन्, ‘मैले खेतीका लागि पोलिमर फिल्मको प्रयोग गरेको छ । जुन यसअघि मानिसको मिर्गौला डायलिसिस गर्दा रगत छान्न प्रयोग गरिन्छ ।’

मोरीको कम्पनी मेबोयलले यो खोजको सर्वाधिकार १२० देशमा रजिस्टर गरिएको छ । खेतीका लागि यो प्रविधि हाल जापानको १५० सहरमा प्रयोग भइरहेको छ । यसैगरी खाडी मुलुक यूएईमा पनि यही प्रयोग गरी बाली लगाउने काम भइरहेको छ ।

‘मैले खेतीका लागि पोलिमर फिल्मको प्रयोग गरेको छ । जुन यसअघि मानिसको मिर्गौला डायलिसिस गर्दा रगत छान्न प्रयोग गरिन्छ ।’

रोबोट ट्याक्टर

अनुमान गरिन्छ कि सन् २०५९ सम्म विश्वको आवादी अहिलेको ७.७ अर्बबाट बढेर ९.८ पुग्न सक्छ । यही आधारमा मोरीको कम्पनीको दाबी छ कि खानेकुरा महँगिनुका साथै मसिनको बजार पनि बढ्न सक्छ ।

जापान सरकार अहिले कृषकलाइ मद्दत गर्न सक्षम २० तरिकाका रोबोटको विकास गर्नका लागि अनुदान दिइरहेको छ । यी रोबोटहरु बाली लगाउँदादेखि काट्दासम्मको काममा प्रयोग गर्न सकिन्छ ।

होकाइडो युनिभर्सिटीसँग मिलेर इन्जिन निर्माता यनमार कम्पनीले एउटा रोबोटो ट्याक्टर विकास गरेको छ । जसको परीक्षण खेतमा गरिसकिएको छ । एउटा मान्छे एकैपटक यस्ता दुईवटा ट्याक्टर खेतमा चलाउन सक्छन् । किनकि यी ट्याक्टरमा अगाडि बढाउन बाधा र अरुसँग ठक्कर खानबाट रोक्न सक्ने सेन्सर जडान गरिएको छ ।

यो वर्षको सुरुआतमा अटो निर्माण निसान सोलार पावरबाट चल्ने रोबोटको लन्च गरिएको थियो । जसमा जीपीएस र वाईफाई सुविधा पनि उपलब्ध छ । बाकस आकारको यो रोबोटको नाम डक राखिएको छ । जसले पानी लगाइएको धानखेतमा गएर पानीमा अक्सिजनको मात्रा बढाउन सक्छ । यसले गर्दा खेतमा कीटनाशक औषधिको प्रयोग कम हुनुका साथै पर्यावरण संरषण मा पनि मद्दत पुग्छ ।

कम जनशक्तिमै कृषि

प्रविधिको प्रयोगले जापान सरकारले कृषिमा युवापुस्ताको आकर्षण गराउन चाहन्छ । सरकारले अर्थव्यवस्थाको कृषि क्षेत्रमा काम गर्ने मानिसको संख्या बढाउने कोसिस पनि गरिरहेको छ । विगत एक दशमा जापानमा कृषि उत्पादनको क्षेत्रमा लागेका करिब २२ लाख मानिसको संख्या घटेर १७ लाखमा झरेको छ ।

कृषिमा धेरैजसो श्रमिकको औसत आयु ६७ वर्ष भइसकेको छ । धेरैजसो मानिस आंशिक समय कृषिमा लग्ने गरेका छन् । जसले चिन्ताको विषय बढाएको छ ।

जापानको भौगोलिक स्थितिले पनि कृषि क्षेत्रमा धेरै प्रभावित पारेको छ । जापानमा आवश्यकताको केबल ४० प्रतिशतमात्र अन्नबाली उत्पादन हुन्छ । जापानको ८५ प्रतिशत भूभाग पहाडी छ । खेतीयोग्य जमिनको अधिकांश हिस्सामा धनखेती मात्र हुन्छ । त्यसैले चामल नै जापानी नागरिकको प्रमुख भोजन रहेको छ ।

जापान सरकारले एक हेक्टर जमिन भएका किसानलाई पनि धानखेतीका लागि अनुदान दिँदै आएको छ । जब कि अहिले मानिसको खानपानको बानीमा निकै फेरबदल भइसकेको छ ।

ड्रोनबाट विषादी छर्किने काम

जापानमा प्रतिव्यक्ति वार्षिक चामलको खपत कम हुँदै गइरहेको छ । सन् १९६२ मा प्रतिव्यक्ति वार्षिक ११८ किलो चामल खपत हुने गरेकोमा सन् २००६ यता औसत ६० किलो चामल खपत हुने गरेकोछ । यसबाट खेतीमा विविधता पनि देखिन थालेको छ । तर खेतमा किसानलाई मद्दत गर्ने मानिसको संख्या कम हुँदै गएको छ । त्यसैले अहिले मसिन र बायोटेक्नोलोजी पनि किसान निर्भर बढाइरहेका छन् ।

बालीमा कीटनाशक छर्न अहिले धेरैजसो ड्रोनको प्रयोग गर्न थालिएको छ । बालीमा कीटनाशक छर्न मानिसले पूरै एक दिन खर्च गर्दै आएकोमा अहिले ड्रोनले त्यो काम आधा घन्टामा पूरा गरिदिन्छ ।

त्यसो त उच्च प्रविधिको प्रयोगले बाली उमार्न अहिले खेतको आवश्यक पनि घट्दै गइरहेको छ । ग्रिनहाउसेज र हाइड्रोपोनिक्स (बिना जमिन बाली उमार्ने प्रविधि, जसमा खनिज र पोषक तत्वको प्रयोग पानीको घोलमा प्रयोग गरिन्छ) का साथै जापान अब फलफूल र तरकारी उत्पादनमा पनि यही प्रविधिको प्रयोग गर्न थालेको छ ।

भवनका भुइँदेखि लिएर छतसम्म सेल्फ बनाएर खेती गर्नका लागि जापानको चिभाको मिराई समूह सबैभन्दा महत्वपूर्ण काम गरिरहेकोछ । यो समूहले हरेक दिन १० हजार मानिसका लागि सलादमा प्रयोग हुने लेट्युस फलाइरहेको छ । 

परम्परागत तरिकाको तुलनामा यो प्रविधिमा उत्पादन एक सय गुना बढी हुन्छ । सेन्सर उपकरणको सट्टा कम्पनीले कृत्रिमा प्रकाश, द्रव पोषक, कार्बन डायाक्साइडको स्तर र तापमानको नियन्त्रित राख्दछ । कृत्रिम प्रकाशबाट बिरुवालाई तीव्रगतिमा बढाइन्छ र रोग लाग्नबाट जोगाइन्छ ।

धेरै ऊर्जा प्रयोग हुनुका बाबजुद विगत एक दशकमा यसरी बाली उमार्ने कम्पनीको संख्या जापानमा तीनगुनाले बढेर २०० पुगेको छ । हाइड्रोपोनिक्सको मौजुदा बजार १.५ अर्ब अमेरिकी डलरभन्दा बढी छ । तर कन्सल्टेन्सी फर्म एलाइड रिसर्चले सन् २०२३ सम्म यो लागत चार गुनाभन्दा बढीले बढेर ६.४ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

प्रविधिको स्थानान्तरण

जापानले अफ्रिी देशको वार्षिक चामल उत्पादनलाई सन् २०३० सम्म दुईगुनाले बढाएर५० मिलियन टन पुर्याउन मद्दत गर्ने लक्ष्य राखेको छ । यसका लागि थुप्रै परियोजनाहरुमाथि काम भइरहेको छ ।

उदाहरणका लागि सेनेगलमा कृषिका लागि टेक्निसिय र सिँचाइ क्षेत्रको प्रविधिमा तालिम दिन जापानले लगानी गरिरहेको छ । यसले प्रतिहेक्टर ४ देखि ७ टन धान उत्पादन बढाउन र उत्पादकको आम्दानी २० प्रतिशतले बढाउन सकिने जापानको विश्वास छ ।

जापानको रणनीति अफ्रिकी महादेशको कृषि क्षेत्रमा प्रयोग हुने मसिनको विकास निजी लगानी र करोबार बढावा दिने रहेको छ । यसका साथै भियतनाम र म्यान्मारमा सहयोगात्मक गतिविधि पनि जापानले चलाइरहेको छ । ब्राजिलमा पनि केही परियोजना कृषि क्षेत्रमा लगाइरहेको छ । 

यी सबैका बाबजुद जापानको कृषि क्रान्तिको मुख्य उद्देश्य आफ्नो खाद्य सुरक्षाको स्थिति मजबुत पार्नु नै हो । जापान सन् २०५० सम्म आफ्नो खाद्य आवश्यकताको ५० प्रतिशत हिस्सा उत्पादन गर्न चाहन्छ । यो लक्ष्य जापानले प्रविधिको प्रयोग गरी पूरा गर्ने दाउमा छ । –एजेन्सी