काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोड मूल्य बराबरको साधारण सेयरको निश्कासन(आइपीओ)को अनुमति पाएको छ । 

यो कम्पनीलाइ धितोपत्र बोर्डले मंसिर ५ गते १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता सेयरको आइपीओ निश्कासनको अनुमति दिएको हो । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेड र नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले गर्नेछन् । 

यो जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल पूँजीको १० प्रतिशतको दरले आइपीओ निश्कासन गर्न लागेको हो । त्यसपछि सर्वसाधारणका लागि समेत १० प्रतिशत सेयरकै सार्वजनिक निश्कासन हुने बताइएको छ । 

पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले हाल ६.१ मेगावाट क्षमताको कास्केड आयोजना निर्माण गरिरहेको छ भने यसअघि इलामको माइमझुवा, सुलबुुंग र माबुु गाविसमा १२ मेगावाट क्षमताको अपरमाई जलविद्युत आयोजना संचालन गरिरहेको छ ।