काठमाण्डौ । सिभिल बैंकले ल्याएको ‘सम्मान बचत खाता’ खोलेका कारण एक महिलाले पतिको मृत्युपछि रु. ७ लाख रकम पाएकी छिन्। 

बैंकले केही महिना अगाडि ल्याएको “सम्मान बचत खाता”मा आकर्षक ब्याजको अलावा औषोधपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटना मृत्युमा रु.सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो, जसका लागि निश्चित रकम खातामा राख्नैपर्ने भन्ने बाध्यता छैन ।

सिभिल बैंकले “सम्मान बचत खाता“ खोल्ने साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमाअन्तर्गत रु.सात लाखको चेक उनकी पत्नी नूर जहाँ मनीहारलाई प्रदान गरिएको सिभिल बैंकले जनाएको छ । 

हालसम्म यो बंैकले ९६ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।