काठमाण्डौ। फ्रान्सका राष्ट्रपति इम्यानुुयल म्याक्रोनले आफूलाई पदच्यूत गर्ने चाल पाएपछि प्रधानमन्त्री इडुुओर्ड फिलिपले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री फिलिपले सरकारलाई राजीनामा पत्र हस्तान्तरण गरेको जनाएको छ। तर सरकारमा नयाँ समूहको गठन नहुुन्जेल भने सरकारी कामकारबाही वर्तमान क्याबिनेटबाटै हुुने जनाइएको छ। 

फ्रान्समा कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति रहने गर्दछ। राष्ट्रपतिले नै प्रधानमन्त्री चयन गर्ने गर्छ। राष्ट्रपतिद्वारा चयन भइसकेपछि प्रधानमन्त्रीले सरकार गठन गर्ने गर्दछ। 

फ्रान्सका प्रधानमन्त्री फिलिपले राजीनामा दिएपछि क्याबिनेट पुनर्गठन गर्ने बाटो खुुला भएको छ। राष्ट्रपति म्याक्रोनले कोरोना महामारीपश्चात देशको आर्थिक पुनरुत्थानका लागि क्याबिनेट पुनर्गठन गर्ने अनुुमान गरिएका बेला प्रधानमन्त्री फिलिपको राजीनामा आएको हो। 

फिलिपलाई बर्हिगमन गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय राष्ट्रपति म्याक्रोनको हातमा रहेको छ। महामारीको अकंगणितपश्चात प्रधानमन्त्री फिलिप मतदातामाझ राष्ट्रपति म्याक्रोनभन्दा लोकप्रिय बनेका छन्। 

म्याक्रोनले सन् २०२२ मा राष्ट्रपति पदको चुुनावको सामना गर्दैछन्। वर्तमान अवस्थामा फ्रान्सको स्वास्थ्य र आर्थिक संकटले उक्त चुुनावमा उनको सफलताको निर्धारण गर्नेछ। 

गत जुुन महिनामा फ्रान्सको केन्द्रीय बैंकले सन् २०२१ र २०२२ मा वृद्धि देखिनुुुपूर्व यो वर्ष फ्रान्सको अर्थतन्त्रमा १०.३ प्रतिशतको संकुुचन देखिने जनाएको थियो। फ्रान्सको श्रम बजारलाई लचिलो बनाउने प्रतिबद्धता र सुुधारवादी अजेन्डा बोकेर म्याक्रोन सन् २०१७ मा फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएका थिए। – एजेन्सी