काठमाण्डौ । आधाघण्टासम्म ठप्प रहेको सेयर कारोबार खुलेलगत्तै लगानीकर्ताहरुले नेप्से परिसरमा प्रदर्शन सुरु गरेका छन् । 

लगानीकर्ताहरुले नेप्सेका सीइओ चन्द्रसिंह साउदविरुद्ध नाराबाजी गर्दै अहिले नेप्से भवनमा प्रवेश गर्ने कोशिश गरिरहेका छन् । 

आमरण अनसन सुरु भएको केही समयसम्म शान्तजस्तो देखिएको नेप्से परिसरको माहौल एकाएक तनावपूर्ण बनेको हाम्रा संवाददाता भक्तराज रसाइलीले जनाएका छन् । 

अहिले लगानीकर्ताको निकै ठूलो समूहले त्यहाँ प्रदर्शन गरिरहेको छ र उनीहरुले कारोबार रोक्न भन्दै नाराबाजी गरिरहेका छन् । 

त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।