काठमाण्डौ । कुुनै बेला कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको इटालीले आफ्ना सबै सीमा नाका खोल्नुुका साथै यात्रामा लागू गरिएका सबै प्रतिबन्ध पनि हटाएको छ।

यो निर्णयले यो ग्रीष्म मौसममा इटालीमा पर्यटकहरुको आगमन हुुने विश्वास लिइएको छ। तर इटाली सरकारले युुरोपका पर्यटकहरुका लागिमात्रै सीमा नाकाहरु खुुला गरिएको स्पष्ट पारेको छ। 

बीबीसीका अनुुसार अब इटाली प्रवेश गर्ने विदेशी पाहुुनाहरुले क्वारेन्टाइनमा बस्नुुपर्ने छैन। युुरोपेली पर्यटकहरुले बिना रोकटोक इटाली प्रवेश गर्न पाउनेछन्। 

इटाली युुरोपमा सबैभन्दा पहिले कोरोनाको प्रकोपबाट प्रभावित बनेको थियो। त्यहाँ कोरोनाबाट ३३ हजारभन्दा बढीको मृत्युु भएको छ। – एजेन्सी