काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपका कारण बन्द रहेको देशको मुुख्य पर्यटन क्षेत्रलाई पुुनः सुुचारु गर्न ग्रिसले आफ्ना मुुख्य अन्तर्राष्ट्रिय विमानहरु खुला गरेको छ।

युुरोपेली युुनियन हवाई सुुरक्षा एजेन्सीले विमानस्थलमा भित्रिएका यात्रुुहरुको परीक्षण गरिरहेको छ र परीक्षणमा पोजेटिभ देखिएकालाई १४ दिनको क्वारेनटिनमा राखिरहेको छ। बेलायत र टर्कीबाट आउने यात्रुुहरुले अन्य देशका यात्रुभन्दा धेरै अवरोधहरुको सामना गरिरहनुुपरेको रोयर्टसले जनाएको छ। 

जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुुसार मार्च महिनादेखि देशभर लागू गरिएको प्रतिबन्धका कारण ग्रिसमा केवल ३ हजारको हाराहारीमा संक्रमित देखिएका छन्। “तपाइँ निर्धक्क भएर ग्रिसमा आउन सक्नुुहुुन्छ। यहाँ तपाइले हातमा वाइनको गिलासका साथ होटेलको बरन्डामा बसेर सामुद्रिक वातावरणको रमणीय दृश्यावलोकन गर्न सक्नुुहुुनेछ”, ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोत्किसले भने, “तर हामी तपाइँले सामुुद्रिक किनारामा भीडभाड नगर्नुुस् भन्ने चाहन्छौँ। यो समरमा ग्रिसमा गर्न नमिल्ने केही थोरै चिजहरु छन्।” 

पर्यटन क्षेत्रले ग्रिसको अर्थतन्त्रमा ठूलो टेवा पुुर्याउँदै आइरहेको छ। ग्रिसको पर्यटन क्षेत्रमा करिब ७ लाख मानिसहरु आवद्ध छन्। यसले देशको कुुल अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगट्ने गर्दछ। – एजेन्सी