काठमाण्डौ। साइप्रस सरकारले देशमा आउने विदेशी पर्यटकलाई घुुम्ने क्रममा कोरोना संक्रमण देखिए भ्रमणको सबै खर्च व्यहोर्ने घोषणा गरेको छ।

साइप्रस प्रवेश गरिसकेपछि यदि कुुनै पर्यटक कोरोना परीक्षणमा पोजेटिभ देखिए निजको आवास, खानपिन र औषधि उपचार सबै साइप्रस सरकारले व्यहोर्ने त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन्। संक्रमित पर्यटकले एयरपोर्ट ट्रान्सफर र रिर्टन फ्लाइटको पैसामात्रै तिर्नुुपर्ने हुन्छ। 

देशमा घुुम्न आएका पर्यटकलाई कोरोना संक्रमण देखिए उपचारका लािग १०० शय्याको कोभिड १९ अस्पताल स्थापना गरिएको छ। यो अस्पतालले संक्रमित पर्यटकको सम्पूर्ण उपचार गर्नेछ। अतिरिक्त बेडहरु आवश्यक परे थप्न सकिने सरकारले जनाएको छ। 

गम्भीर लक्षण देखिएका पर्यटकका लागि ११२ वटा अतिरिक्त सघन उपचार कक्ष र २०० वटा भेन्टिलेटरको पनि व्यवस्था गर्ने सरकारले योजना बनाएको छ। संक्रमित पर्यटकको सम्पर्कमा रहेकालाई ५०० कोठा भएको क्वारेनटिन होटलको व्यवस्था गरिएको छ र आवश्यक परे यसको संख्या बढाउन सकिने साइप्रस सरकारले जनाएको छ। यसका साथै संक्रमित पर्यटक बसेको होटललाई राम्रो संग सफा गरिने र पुुनः प्रयोग गर्नुुपूर्व डिस्इन्फेक्टेड गरिनेछ। 

साइप्रसमा ९३९ कोरोना संक्रमित रहेका छन् भने कोरोनाबाट मृत्युु हुुनेको संख्या १७ रहेको छ। 

साइप्रसले मे ४ बाट लकडाउनलाई खुुकुुलो पारेको थियो। यहाँ जुुन १ गतेबाट पर्यटकीय व्यापारहरु र जुुन ९ बाट अन्तर्राष्ट्रिय उडान पुुनः सुुचारु हुुन गइरहेका छन्। 

सुुरुआतमा साइप्रस भ्रमणमा जाने पर्यटकले भ्रमणको ७२ घन्टाअघि आफ्नै देशमा कोरोना परीक्षण गरेर जानुुपर्नेछ। जुुन २० गतेबाट साइप्रस सरकारले भ्रमण प्रतिबन्ध लागेका देशहरुलाई प्रतिबन्ध सूचीबाट हटाउनेछ। 

जर्मनी, ग्रिस, नर्वे, फिनल्यान्ड,  डेनमार्कजस्ता देशका पर्यटकलाई साइप्रस सरकारले कम जोखिमपूर्णको सूचीमा राखेको छ। उच्च जोखिमको सूचीमा रहेका स्विट्जरल्यान्ड र पोल्यान्डका पर्यटकले जुुन २० गतेबाट मात्रै अग्रिम परीक्षण गर्नुुपर्ने साइप्रसका अधिकारीहरुले बताएका छन्। 

सरकारी आँकडा अनुुसार गत वर्ष साइप्रसमा करिब ४० लाख पर्यटकले भ्रमण गरेका थिए। जसबाट देशले २.७ बिलियन युुरो आर्जन गरेको थियो। 

साइप्रसको अर्थतन्त्रमा पर्यटन क्षेत्रले १३ प्रतिशत हिस्सा ओगटेको छ। साइप्रस सरकारले एक विज्ञप्ति जारी गर्दै प्रति १ लाख जनसंख्याको तुुलनामा साइप्रसमा रहेको सघन उपचार कक्षको अनुुपात युुरोप क्षेत्रको औसतभन्दा धेरै भएको उल्लेख गरेको छ। त्यस्तै सरकारले कुुल जनसंख्याको तुुलनामा साइप्रसमा युुरोपभरिकै कम संक्रमणका केसहरु देखिएको दाबी गरेको छ। 

साइप्रस सरकारले देशको कुुल जनसंख्याको १० प्रतिशत जनताको कोरोना परीक्षण गरेको जनाएको छ। पर्यटन क्षेत्र पुुनः सुुचारु गर्दा समाजिक दूरीको नियमलाई पूर्णपालना गरिने र रेस्टुुराँ, बार, क्याफे, पब र नाइट क्लबहरुमा १० जनाको समूह मात्रै भेला हुुन पाउने बताइएको छ। – एजेन्सी