काठमाण्डौ । पेन्सिल समातेर बच्चाहरु लेख्न सिक्छन् । पेन्सिलले लेखेर उनीहरु शब्द रचना गर्न सकिन्छ । अनि पेन्सिलले कोरेर नै उनीहरु आफ्नो भविष्य निर्धारण गर्छन् ।

तर के तपाइँलाई थाहा छ ? पेन्सिल बनाउनका लागि हरेक वर्ष लाखौँ रुख काटिन्छ । एकातिर हामी पर्यावरण कसरी बचाउने भन्ने विषयमा बहस गरिरहेका हुन्छौँ भने अर्कोतिर आफ्नो आवश्यकता पूरा गर्नका लागि ठूलो संख्यामा रुख काटिरहेका हुन्छौँ ।

यस्तैमा बेंग्लोरका दुई युवाले पर्यावरण बचाउनका लागि एउटा अनौठो जुक्ति निकालेका छन् । उनीहरुले रद्दीमा फालिएका पुराना कागजबाट पेन्सिल (पेपर पेन्सिल) तयार गरेका छन् ।

रद्दी कागजबाट पेन्सिल तयार गरेर ती युवाले रुख कटान हुनबाट जोगाउन ठूलो योगदान गरेका छन् । उनीहरुले ६० हजार रद्दी कागजबाट १० हजार पेन्सिल तयार गरेका छन् ।

रद्दी कागजबाट पेपर पेन्सिल बनाउने जुक्ति निकाल्ने युवाहरु हुन्, बेंग्लोरका अक्षता भद्राणाम् र राहुल । उनीहरुले रद्दी कागजबाट पेन्सिल (रिसाइकल्ड पेपस पेन्सिल) बनाउने स्टार्टअप नै सुरु गरेका छन् । अक्षता र राहुल इन्डोनेसियामा आफ्नो पढाइ पूरा गरेर भारत फर्केका हुन् । उनीहरुले भारतमा डोपोल्गी नाममा स्टार्टअप सुरु गरे । उनीहरुले अहिले थुप्रै बेरोजगार रोजगारी दिनुका साथै पर्यावरण सुरक्षाका लागि लागिपरेका छन् ।

बेंग्लोरबाट लगभग ३५० किलोमिटर पर धाडवाडमा अक्षता र राहुलले उद्योग खोलेर बालबालिकालाई पेपर पेन्सिल बनाइरहेका छन् । अक्षता भन्छिन्, ‘रद्दी कागजबाट बनाइएको पेपर पेन्सिलको माग अहिले निकै बढिरहेको छ ।’

पेपर पेन्सिल पूर्ण रूपमा इको फ्रेन्डली रहेको अक्षताको दाबी छ । ‘यसले रुख कटान त घटेको छ नै रद्दी कागजबाट छुटकारा पनि मिलेको छ’, उनले भनिन्।

पेपर पेन्सिलसँगै राहुल र अक्षताले रद्दी कागजबाट थुप्रै अन्य सामान पनि बनाइरहेका छन् । उनीहरुले विवाह समारोहमा दिइने सगुनको खाम, थैली, ग्रिटिङ कार्ड, वेडिङ कार्डजस्ता सामान बनाइरहेका छन् ।

यी युवाको कम्पनीले बाँसबाट बनेको टुथब्रस पनि तयार गरिरहेको छ । राहुल उद्योग हेर्छन् भने अक्षता घरमै बसेर अनलाइनबाट अर्डर लिने गरेकी छन् । –एजेन्सी