काठमाण्डौ । एनआइसी एशिया बैंकले पर्वतको जलजला गाउँपालिकाको वडानम्बर ३ बारीबेनीमा स्थापित शाखाको उद्घाटन गरेको छ । 

माघ २१ गते एक समारोहका बीच जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सो शाखाको उद्घाटन गरेका हुन् । 

गत बैशाख १९ गतेदेखि कारोबार सुरु गरेको सो शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सवल बनाउँदै गएकोमा बैंकको प्रंशसा गरे । 

हाल यो बैंकको देशभर २७५ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ ।