काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा असार २५ गते ९२ औं शाखा कार्यालय स्थापना गरी कारोबार थालेको छ । 

एक समारोहका बीच मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेशप्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा सो शाखाको कारोबार शुभारम्भ भएको हो । 

हाल यो बैंकको केन्द्रीय कार्यालय काठमाण्डौ ३० स्थित ज्ञानेश्वरमा रहेको छ भने देशका विभिन्न भागहरुमा ९२ शाखा, ४४ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।