काठमाण्डौ । चाडपर्वको मौसम सुरु भइसकेको छ । नेपालीहरु दशैं वा तिहारको बेला आफ्नो घरलाई विशेष ढंगले रङ्याउन र सजाउन चाहन्छन् । कतिपय मानिसहरु चाहि यही बेलामा आफ्ना घरलाई रिसेलिङका लागि समेत तयार गर्छन् । प्रत्येक व्यक्ति आफ्नो घर महङ्गो मूल्यमा बिक्री होस् भन्ने चाहन्छ । निर्माण सामाग्रीको बढ्दो भाउले यस्तो चाहनालाई केही राहात मिले पनि अन्य धेरै टिप्सहरु छन्, जसलाई फलो गरेर आफ्नो घरको भाउ बढाउन सकिन्छ । यस्ता टिप्सहरु, जसलाई फलो गर्दा खर्च पनि अधिक हुन्न, तर रिटर्न भने राम्रो हुन्छ । आउनुहोस्, पढौं केही टिप्स । 

पर्खालमा पेन्ट गराउनुहोस्
यदि घरमा पेन्टिङ गरेको धेरै समय भएको छ भने भित्ताहरुमा ताजा पेन्टिङ गर्नुहोस्, यसबाट तपाईंको घरको मूल्य बढ्नेछ । ध्यान राख्नुहोस् कि यस्तो काम गर्दा यसमा धेरै खर्च नहोस् । मात्र बेसिक डिसटेम्पर मात्र प्रयोग गरे काफी हुन्छ । न्यूट्रल सेड्सको छनौट गर्नुहोस् । हल्का रंगबाट घर ठूलो र राम्रो देखिन्छ । बजारमा अहिले प्रिन्टेड डिजाइनहरुको ट्रेण्ड चलेको छ । पर्खालमा यस्ता प्रिन्टेड डिजाइनहरुलाई समेत प्राथमिकताका साथ लगाउन सकिन्छ । यसमा तपाईंको लागत ६० हजारको हाराहारीमा आउँछ, जसबाट तपाईंको घरको मूल्य २ देखि ४ लाखसम्म वृद्धि हुन्छ । 

पार्किङ स्पेशमा ध्यान दिनुहोस्
घरमा पार्किङ नहुनु ठूलो शहरको ठूलो पिरलो हो । सामान्य रुपमा हेर्दा पार्किङ जस्तो कुरामा मानिसहरुले खासै ध्यान दिंदैनन् । यदि तपाईंले पार्किङ जस्ता कुराहरुमा थोरै मात्र ध्यान दिनुभयो भने घरको मूल्य समेत बढाउन सकिन्छ । संभव छ भने पार्किङमा पनि कलरफूल सेड्स लगाइदिनुहोस्, यस्तो क्षेत्रमा पारदर्शी लाइट समेत लगाउन सकिन्छ । यसमा तपाईंको अधिकतम लागत ८ हजार पर्नेछ । यसबाट तपाईंको घरको मूल्य ५० हजार रुपैयाँसम्मले बढ्नेछ । 

फूलबारी लगाउनुहोस्
यदि घरमा व्यवस्थित फूलबारी बनाउन सकियो भने त्यसले शानदार लुक्स दिन्छ । यस्तो फूलबारीमा इङ्लिस र स्टाइलिस प्लान्ट्स लगाएर  बगैंचालाई इनोभेटिभ लुक्स दिन सकिन्छ । खालि घरमा कृत्रिम फूल तथा प्लान्ट्सहरु पनि निकै राम्रो देखिन्छ । यदि बाल्कोनीमा रेलिङ लगाउनुभएको छ भने त्यसमा पोलिसिङ गराउन सकिन्छ । यसरी सानो फूलबारी बनाउँदा तपाईंको लागत बढीमा १० हजार हुनेछ, यसले तपाईंको घरको मूल्य १ लाख रुपैयाँसम्म बढाइदिनसक्छ । 

किचनको पोलिसिङ
यदि किचनमा काठको सामान राख्नुभएको छ र यसको कलर बिग्रेको छ भने पोलिसिङ गराउनुहोस् । मार्वलमा पनि पोलिसिङ गराउन सकिन्छ । साङ्ला र अन्य किराहरुबाट बच्नका लागि पेस्टीसाइड्सको प्रयोग गर्नुहोस् । यसका लागि लागत बढीमा ४ हजार रुपैयाँ पर्नेछ । यसबाट तपाईंको घरको मूल्य १५ हजारले बढ्नेछ । 

पानीको धारा ठीक गर्नुहोस्
पानीको धारामा पानी आइरहेको छैन वा कुनै धारा बिग्रिएको छ भने घर खरीद गर्न चाहनेलाई लाग्न सक्छ कि यो घरमा धेरै कुराको मर्मत गर्नुपर्ने हुनसक्छ, यसले तपाईको घरको मूल्य घटाइदिनसक्छ । तर, यति सानो काम तपाईं आफैंले गरेमा घरको मूल्य घट्न दिंदैन । त्यसकारण वासरुमदेखि सबैतर्फ लगाइएको पानीको धारालाई ठीक पार्नुहोस् । यस्तो काम गर्दा ३ हजार भन्दा बढी खर्च हुन्न । यसले तपाईको घरमा मूल्य ८ हजार रुपैयाँ भन्दा बढीले वृद्धि गरिदिन्छ । 

फ्लोरमा मोर्डन स्टाइलमा अपडेट हुनुहोस्
फ्लोरमा टुटेफूटेको छ भने मानिसलाई त्यो ठीक लाग्दैन । त्यसकारण फ्लोरलाई पनि विशेष ढंगले सजाउन आवश्यक हुन्छ । त्यसकारण टुटेफूटेको फ्लोरमा कि नयाँ टायल लगाउनुहोस्, सक्नुहुन्न भने आकर्षक लुक्स दिनका लागि पोलिस गराइदिनुहोस् । तर मार्बलको ग्रिडिङ र पोलिसिङमा धेरै खर्च हुनसक्छ । यसमा न्यूनतम लागत १८ हजार पर्नसक्छ । यसबाट तपाईको घरको मूल्य ४० हजारले वृद्धि हुनेछ । 

इलेक्ट्रिक उपकरण समेत ठीकठाक राख्नुहोस्
तपाईंको घरमा रहेको बिजुलीको सामान एकपटक बिग्रियो भने त्यसलाई ठीक पार्ने वा बनाउनेतर्फ हाम्रो ध्यान जाँदैन । कतिपय घरको खरीद गर्ने व्यक्ति हतारोमा हुनसक्छन । यस्तो अवस्थामा उनीहरुका लागि सबै कुरा दुरुस्त हुन आवश्यक छ । यदि तपाईंले आफ्नो घरको सबै फङ्शनल प्लग, प्वाइन्ट्स र स्वीच राम्रो कण्डीसनमा राख्नुभएको छ भने यसबाट तपाईंले राम्रो कमाई प्राप्त गर्नुहुन्छ । यसमा तपाईंको ३ हजार खर्च लाग्नसक्छ । यसबाट तपाईंको घरको मूल्यमा १० हजारसम्म वृद्धि हुनसक्छ ।