काठमाण्डौ । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ ।

मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला सुरु हुने भएको हो ।

चाडपर्वका बेला सस्तो मूल्यमा एउटै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । 

एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । 

‘अफरै अफरको ब्यापारिक मेला सपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्’, इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामग्री एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।

स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो असो २ गतेदेखि सञ्चालन हुनेछ । नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो । यो मेलाको व्यवस्थापन पनि इभेण्ट सोलुसन प्रालिले गर्नेछ । मेलाको सबै तयारी पुरा भएको छ ।

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं’, इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । स्टक क्लियरेन्स मेला असोज ५ गतेसम्म चल्नेछ भने यार्न एण्ड टेक्सटायल एक्स्पो असोज ६ गतेसम्म चल्नेछ ।