काठमाण्डौ । पर्सनल लोन विशेषगरी नगद पैसा आवश्यक पर्दा धेरै काम आउँछ । यस कारण पनि बजारमा सबैभन्दा बढी मागमा आउने वित्तीय सुविधामा यो राम्रो छनोट बन्न थालेको छ ।

एउटा स्थायी आम्दानी र राम्रो क्रेडिट स्कार भएका व्यक्तिले केही दिनमै यो लोन पाउँछन् । तर पर्सनल लोन छिटो लिने चक्करमा केही व्यक्तिले यससँग सम्बन्धित महत्वपूर्ण विषयलाई नजरअन्दाज गर्छन् । जसका कारण उनीहरुको लोन एप्लिकेसन रिजेक्ट हुन सक्छ । अझै त्योभन्दा बढी त्यस्ता गल्ती कारण भविष्यमा ठूलो वित्तीय सुविधाबाट पनि वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ ।

त्यसलै यदि कसैले पर्सनल लोन लिने सोचमा हुनुहन्छ भने लोनको सुरुआतीदेखि अन्तिम प्रक्रियासम्मलाई सजिलो बनाउन आम रुपमा हुने यी गल्तीबाट बच्न जरुरी हुन्छ । ती गल्तीहरु यस्ता छन् –

आवश्यक पर्दामा मात्र पर्सनल लोन लिनुपर्छ

विना सोचविचार पर्सनल लोन लिन उदत्त हुनु बेवकुफी हुन्छ । अझै ठूलो बेवकुफी पर्सनल लोन लिनुपर्ने आवश्यकता नै नरहेको बेला वित्तीय संस्थामा गएर यस्तो लोनको प्रोसेस गर्नु हुन्छ । जसका कारण ब्याजदरमा निकै प्रभाव पर्छ भने पछि गएर लोनको किस्ता समयमै बुझाउन सकिएन भने क्रेडिट स्कोर पनि खराब हुन्छ । त्यसैले पर्सनल लोनका लागि तबमात्र प्रक्रिया थाल्नुहोस् जब अत्यावश्यक छ ।

आवश्यकताभन्दा बढी लोन लिनु

थुप्रै मानिस ठूलो आकारको पर्सनल लोन लिन योग्य हुन्छन् । तर यसको मतलब यो होइन कि योग्य हुँदैमा ठूलो आकारको पर्सनल लोन लिनुपर्छ । ठूलो आकारको लोन लिँदा ठूलै मासिक किस्ताबन्दी तिर्नुपर्छ । जसले मासिक बजेटमा ठूलै असर पुर्याउन सक्छ । त्यसैले आवश्यकताभन्दा बढी लोन नलिनु नै उचित हुन्छ । 

पर्सनल लोन लिनुअघि क्रेडिट स्कोर जाँचौँ

पसर्नल लोन लिनअघि आफ्नो क्रेडिट स्कोर जाँच्न जरुरी हुन्छ । यदि क्रेडिट स्कोर राम्रो छ भने सजिलै यो लोन पाउनेमात्र होइन कि ब्याजदर पनि कम हुने सम्भावना हुन्छ । यदि क्रेडिट स्कोर राम्रो छैन भने पहिले मौजुदा उधारो जस्तै क्रेडिट कार्ड पेमेन्ट वा कार लोनको ईएमई तिरेर आफ्नो क्रेडिट स्कोर राम्रो बनाउनुपर्छ ।

ऋण तिर्ने क्षमतालाई नजरअन्दाज नगरौँ

कतिपय अवस्थामा ऋण पाउनका लागि केही व्यक्तिले मासिक ईएमई भुक्तानी क्षमतालाई नजरअन्दाज गर्छन् । यो राम्रो होइन । यस्तो बानीले भविष्यमा आर्थिक समस्या निम्त्याउन सक्छ । अझ विशेष गरी यस्तो लोन लिँदा यससँग जोडिएका चार्जका बारेमा पनि ध्यान दिइँदैन । जसका कारण पछि लोनको ईएमआई तिर्ने बेलामा समस्या हुन सक्छ । त्यसैले पर्सनल लोन लिनुअघि यसमा लाग्ने चार्ज र मासिक रुपमा बुझाउनुपर्ने ईएमआईका बारेमा राम्ररी बुझ्नुपर्छ अनि मात्र आफूले तिर्न सक्ने क्षमता छ भने लिनुपर्छ ।

लोन लिनुअघि सर्तहरु राम्ररी बुझ्नुहोस्

पर्सनल लोन लिनुअघि यससँग सम्बन्धित सर्तहरु राम्ररी बुझ्नुपर्छ । यदि योसँग सम्बन्धित सर्तहरु राम्ररी नबुझी लोन लिँदा पछि समस्या सिर्जना हुन सक्छ । यो लोन लिँदा मासिक ईएमआई कति, प्रोसेसिङ चार्ज कति, वार्षिक रुपमा लोन नवीकरण गर्दा कति, ब्याजदर कतिजस्ता विषयमा जानकारी लिन आवश्यक हुन्छ । – एजेन्सी