काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले पर्सा जिल्लाको दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । 

सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैंक नेपाल लिमिटेड बीरगञ्ज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा सुरु  गरे ।

गाउँपालिकाकी उपाध्यक्ष थरुनीले सखुवाप्रसौनीका बासिन्दाहरुले मेगा बैकसँग बित्तिय कारोवार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरिदिएकोमा मेगा बैंकलाई आभार व्यक्त गरे ।

यसैगरी, पर्सागढी नगरपालिका वडा नं. ३ मा शाखारहित सेवाको उद्घाटन गर्दै वडाअध्यक्ष उद्धबबहादुर उप्रेतीले कृषक, मजदुर, न्यून आय भएका जनताको आयस्तर बृद्धि गर्न मेगा बैकले पर्सागढी चयन गरेकोमा धन्यवाद दिए ।