काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर पशुपतिस्थित समाज कल्याण  केन्द्र, वृद्धाश्रम देवपत्तनका  जेष्ठ नागरिकलाई सामूहिक भोजन गराएको छ । 

यो जीवन बिमा कम्पनीले गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी भन्ने नाराका साथ ११ औं वार्षिकोत्सव मनाइरहेको छ । यही अन्तर्गत उसले यो वर्षभरिको प्रत्येक महिनाको १७ गते संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न सामाजिक काम गर्ने घोषणा गरेको छ । यही क्रममा पशुपतिस्थित सो वृद्धाआश्रमका १७० जेष्ठ नागरिकलाई भोजन गराएको हो ।