काठमाण्डौ । नेपाल एसबिआई बैंकले ७ जुलाई २०२० मा २७औं बार्षिकोत्सव मनाएको छ। 

यो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । 

नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईद्वारा पशुपतिनाथ कलात्मक दक्षिण द्वारको समुद्घाटन भएको हो । 

उक्त समारोहमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, पशुपति क्षेत्र विकास कोष तथा बैंकका संचालक समितिका सदस्यहरु लगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो । 

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा रहेको नेपाल एसबिआई बैंकको एटिएमको पनि उद्घाटन गरे । 

बैंकको २७ औं बार्षिकोत्सवको अवसर पारेर नेपाल एसबिआई बैंकले कमलादीस्थित आफ्नो परिसरमा बैंकका संचालक समितिका सदस्यहरु बालकृष्ण श्रेष्ठ, अर्जुनकुमार गौतम, बिमला सुवेदी, र बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरद्वारा बैंकको कर्पोरेट कार्यालयको शिलान्यास पनि गरिएकोे छ । 

उक्त कार्यक्रममा प्रमुख संचालन अधिकृत शुभकान्त कानुनगो, प्रमुख वित्तीय अधिकृत मोहम्मद रिज्वान आलम, प्रमुख व्यवसाय विस्तार अधिकृत छपिराज पन्त, प्रमुख कर्जा अधिकृत देवराज अधिकारी तथा बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।