काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले सँस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरोपीडित नाबालकलाई रु. ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । 

भदौ १३ गते राति आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पूर्ण राई र निजको श्रीमती सहित चारजनाको मृत्यु भएको थियो । सो घटनामा बाँच्न सफल राईका नाबालक छोराछोरीलाई सहयोग स्वरुप बैंकले रु. ५० हजारको चेक प्रदान गरेको हो । 

सो चेक मुक्तिनाथ विकास बैंक लिमीटेडका रामपुर, ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाण्डौं समाजका सचिव महेशकुमार राईलाई हस्तान्तरण गरेकी हुन् ।