काठमाण्डौ । भारतमा पहिलोपटक रोबोटले सफलतापूर्वक सर्जरी गरेको छ । 

भारतको नयाँदिल्लीमा एक बिरामीको स्पाइनल सर्जरीमा रोबोटको मद्दत लिएर अपरेसन सफलापूर्वक गरिएको हो । यो उपलब्धिसँगै भारत अब अमेरिकापछि दोस्रो मुलुक बनेको छ, जहाँ पहिलोपटक रोबोटमार्फत स्पाइनल सर्जरी सफलतापूर्वक गरिएको छ । 

अब यो रोबोटले भारतमा जस्तोसुकै खतरापूर्ण सर्जरी सजिलै गर्ने अनुमान गरिएको छ । तर अहिले यो रोबोटलाई स्पाइनल इन्जरिजसँग जोडिएका सर्जरीहरुमात्र गराइने भएको छ ।   

यो रोबोटको मद्दतले गरिने सर्जरी एकैपटक सफल हुनेछ । बोन क्यान्स, ज्वाइन्ट रिप्लेसमेन्ट, हड्डीको भित्र भागसम्म पुग्न यो रोबोटको प्रयोग गर्न सकिन्छ । 

नयाँदिल्लीस्थित इन्डियन स्पाइन इन्जरिज सेन्टरमा राखिएको यो एडभान्स्ड रोबोटले अहिलेसम्म ५ वटा सर्जरी सफलतापूर्वक गरेर मेडिकल फिल्डमा आफूलाई साबित गरिसकेको छ । 

नयाँदिल्लीनिवासी ३३ वर्षीया प्रीति पाण्डेयलाई रिढको हड्डीमा टेढोपन र खुट्टामा गम्भीर कमजोरीको समस्या थियो । प्रीतिको गत ८ जुलाईमा यही एड्भान्स रोबोटिक सिस्टमको मद्दतले सर्जरी गरिएको छ । सर्जरीअघि रोबोटको प्रयोग गरिने सुनेर उनी डराएकी थिइन् । तर पछि उनको सफलतापूर्वक सर्जरी गरियो । 

रोबोटको मद्दतले स्पाइनल क्यान्सरको सर्जरी निकै सजिलोसँग गर्न सकिन्छ । यसमा चिकित्सकको आदेशमा रोबाटेले हड्डीमा १.६ एमएमको प्वाल सजिलै पार्न सक्छ । रोबोटको प्रयोग हुन थालेपछि स्पाइनल सर्जरी सटिक, सुरक्षित र कम समयमा हुन थालेको थालेको जानकारहरु बताउँछन् । – एजेन्सी