काठमाण्डौ । छिमेकी मुलुक चीनले आफ्नो पहिलो चारसिटे इलेक्ट्रिक विमानको सफल परीक्षण उडान पूरा गरेको छ ।

इलेक्ट्रिक विमानको पहिलो परीक्षण उडान गत मंगलबार गरिएको थियो । यो विमान १२ सय किलो तौल र ८.४ मिटर लामो छ । यसको पखेटा (विङ्ग्स) १३.५ मिटरको छ ।

यो विमान एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटरको उडान भर्न सक्छ । यो विमानले एउटा उडान ९० मिनेटसम्मको गर्न सक्छ । 

लाइटवेट कार्बनबाट निर्मित यो विमान चीनको उत्तरी सहर सेन्याङमा परीक्षण उडान गरिएको थियो । यसको बडी पार्टसमा कार्बन फाइबर कम्पोजिटको प्रयोग गरिएको छ । यस कारण पारम्परिक विमानको तुलनामा यसको तौल निकै कम छ ।

यो इलेक्ट्रिक विमानको व्यावसायिक प्रयोग गर्न सकिनेछ । यो विमान ध्वनि र वायु प्रदूषणबाट मुक्त छ । उबरले सन् २०२३ बाट अस्ट्रेलियाको मलबर्नमा यो विमानबाट फ्लाइङ ट्याक्सीका सुरुमा सेवा सुरु गर्ने योजना बनाइरहेको छ । यो सेवा डलास र लन्स एन्जिल्समा पहिलादेखि नै सुरु भइसकेको छ । – एजेन्सी