काठमाण्डौ । नाम जस्तै आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेड । यो कम्पनीले बिहीबार पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । 

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आबमा खूद नाफातर्फको कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १ करोड ५० लाख नाफा कमाएको यो कम्पनीले यो वर्ष सोही अवधिमा २ करोड ४१ लाख नाफा कमाएको हो । 

यो अवधिमा फस्र्ट माइक्रोफाइनान्सले ३ अर्ब ५२ करोड सापटी लिई ३ अर्ब ६९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब २२ करोड सापटी लिई २ अर्ब ९६ करोड मात्र कर्जा परिचालन गरेको थियो । 

कम्पनीको खूद ब्याज आम्दानीमा पनि राम्रो बढोत्तरी भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २ करोड ६२ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४ करोड ८ लाख माथि पुुगेको हो । 

कम्पनीको कुनै खराब कर्जा छैन भने पहिलो त्रैमासको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.७५ गुणा र प्रतिसेयर नेटवर्थ १२१.०५ रुपैयाँ कायम भएको छ ।