काठमाण्डौ । शाखा सञ्जाल बिस्तारको क्रममा बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको फालेलुङ गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ । 

यस शाखाको संचालनपछि बैंकको शाखा सञ्जाल संख्या ६९ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बिच फालेलुङ गाँउपालिका अध्यक्ष सञ्चकुमार केरुङले शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । 

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको सञ्जाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ ।