काठमाण्डौ । प्राइम कमर्सियल बैंकले सोमबार पाँचथरको तुम्वेवा गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ । 

यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालयको उद्घाटन गरे ।

बैंकले आगामी दिनमा समेत शाखा सञ्जाल बिस्तारको क्रमलाई जारी राख्ने जनाएको छ ।