काठमाण्डौ । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा स्थापना गरी संचालनमा ल्याएको छ । 

शुक्रबार एक समारोहका बीच सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताएका थिए ।