काठमाण्डौ । बजार पूँजीकरणको हिसाबले यो साताको बजारले कीर्तिमान कायम गर्यो । 

कारोबारका ५ दिन नै नयाँ नयाँ रेकर्ड बने । बजार बन्द भएको दिन बिहीबार एकैदिन सबैभन्दा बढी कारोबारको नयाँ कीर्तिमान बन्यो । यही दिन धेरै संख्यामा सेयर कारोबार भएको तथा धेरैवटा कारोबार बनेको इतिहास समेत रचियो । 

यसरी बजारले यो साता बुलिस ट्रेण्ड समात्दा दैनिकजसो नयाँ नयाँ रेकर्ड मात्र बनेनन्, योसँगै विभिन्न सेयरमा लगानी गर्नेहरु समेत मालामाल भए । आइतबार सेयर किनेर बिहीबार बिक्री गर्नेहरुले समेत कुस्त कमाए । 

यो क्रममा जम्मा ५ कारोबार दिनमा तीन सूचिकृत कम्पनीको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले वृद्धि भयो । 

यस्तै, ८ कम्पनीको मूल्य १५ देखि २० प्रतिशतको बीचमा बढ्यो भने १५ कम्पनीको मूल्य १० देखि १५ प्रतिशतको बीचमा बढ्यो । यसरी हेर्दा पनि यो साता २ कम्पनीका लगानीकर्ताको चाँदीकटाई भयो भन्न सकिन्छ । 

यो साता सबैभन्दा बढी मञ्जुश्री फाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ५ दिनमै २१.०५ प्रतिशतले वृद्धि भयो । 

नवील बैंकका लगानीकर्ताले पनि यो छोटो अवधिमै आफ्नो सम्पत्तिलाई २०.८८ प्रतिशतले बढाउने सफलता पाए भने एभरेष्ट बैंकको सेयर मूल्य पनि २०.५४ प्रतिशतले बढ्यो ।

यो अवधिमा नेपाल फाइनान्स लिमीटेडको मूल्य १९.११ प्रतिशत, युनिलिभर नेपाल लिमीटेडको मूल्य १८.८३ प्रतिशत, गुराँस लाइफको मूल्य १८.२८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य १७.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य १७.०६ प्रतिशत, एलआइसी नेपालको मूल्य १६.६४ प्रतिशतले बढ्यो । 

यो अवधिमा १० प्रतिशत र त्यसभन्दा बढी मूल्य बढेका कम्पनीहरुको अवस्था तल दिइएको टेबलबाट हेर्नुहोस्: