इटहरी । गत मार्च महिनादेखि यता ५ महिनाको अबधिमा रोजगारीमा संयुक्त अरब इमिरेट्स युएइ गएका एकसय १० नेपालीको मृत्यु भएको छ ।

नेपाली राजदुतावास युएइले दिएको जानकारी अनुसार कोरोना कहर सुरु भएदेखि हालसम्म ११० नेपालीले ज्यान गुमाएका हुन् । 

ज्यान गुमाउनुको कारण कोरोना संक्रमण, प्राकृतिक मृत्यु, आत्महत्या, दुर्घटना र हत्या रहेको समेत  दूतावासले एक बिज्ञप्तिमार्फत खुलाएको छ । 

कोरोनाका कारण लामो समय हवाइ उडान बन्द भएको कारणले ६९ वटा शब नेपाल नै नल्याई युएइमै दाहसंस्कार गरिएको दूतावासले बताएको छ भने २६ वटा शब मात्र नेपाल ल्याइएको र ४ वटा शब नेपाल ल्याउने प्रक्रियामा रहेको समेत बताइएको छ ।

त्यसैगरी, सरकारको चार्टर्ड उडान मार्फत ८२ वटा उडानमा १३ हजार ७ सय ८५ जना नेपाली   युएइबाट नेपाल फर्किएका छन । दूतावासले नेपाल आउनैपर्ने नेपालीको नाम दर्ता गर्न गरेको अनुरोधमा ४८ हजार नेपालीले नेपाल फर्काइदिन आफ्नो नाम टिपाएका पनि दूतावासले खुलाएको छ ।