काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौमा अब पान पसल गर्नेदेखि पत्रपपत्रिका बिक्री गर्नेहरुले समेत कर तिर्नुपर्ने भएको छ । 

महानगरपालिकाले असार ३१ गते पारित गरेको आर्थिक ऐन अन्तर्गत व्यवसाय करको दर निर्धारण गरी साउन १ गतेदेखि लागूू गरिएपछि यस्तो बाध्यता आइलागेको हो । 

अब काठमाण्डौमा व्यवसाय गर्ने साना पान पसले, चिया पसलेदेखि लिएर सबै खालका व्यवसायीले महानगरलाई तोकिएको कर तिर्नुपर्नेछ । 

महानगरको नयाँ व्यवस्था अनुसार अब सामान्य चुरोट पसलेदेखि लिएर घडी बिक्री गर्ने सामान्य पसल, तमाखुु पसल, ब्यूटी पार्लर, किराना पसल, धागो टाँक पसलदेखि बिमा एजेन्टसम्मले पनि कर तिर्नुपर्नेछ । घडी मर्मत पसल, डाई क्लिनर्स, मसला पसल, फोटोकपी सेन्टर, साइकल मर्मत केन्द्र, सैलुन जस्ता सामान्य कारोबार गर्नेहरुले समेत व्यवसाय कर तिर्नुपर्ने भएको छ । सबैभन्दा 
बढी क्यासिनो व्यवसाय संचालन गर्नेले वार्षिक १० लाख कर तिर्नुपर्नेछ । 

हेरौं कुन व्यवसाय संचालन गर्दा महानगरलाई कति कर तिर्नुपर्छ, विस्तृतमा :