पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन ।

नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको छ । 

ज्ञानेन्द्र अहिले बैंककमा हुनुहुन्छ । 

छोरा पारसबाहेक पुर्वराजा ज्ञानेन्द्र रानी कोमल, बुहारी हिमानी र नातिनातिनी गरी पुर्वराजपरिवारका सबै सदस्य अहिले बैंककमा छन् । 

सपरिवार बैंकक पुग्नुलाई कतिले स्वाास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरु स्वाथ्य उपचार या घुमघामका लागि बैंकक पुग्नु भएको भने होईन । 

प्राप्त जानकरी अनुसार राजा ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पुर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक जानुभएको हो । 

यसैपटक एसईई सकेकी आफ्नी नातिनी पूर्णिकालाई आफ्नै देशमा पढाउने उहाँको इच्छा थियो, तर सयमक्रममा उक्त इच्छालाई मार्दै आफ्नी प्रिय नातिनीलाई बैंककसम्म पुर्याउन उहाँ बाध्य हुनुभएको छ ।

पारिवारीक स्रोतका अनुसार पूर्णिकाका लागि बैंककको फुकेटस्थित ब्रिटिस सम्बद्धता भएको कलेज चयन गरिएको छ ।

आफूहरु लन्डनमा अध्यन गरेको भए पनि ज्ञानेन्द्र आफ्ना नातिनातिनीलाई नेपालमै पढाउन चाहानुहुन्थ्यो ।

यो समाचार आजको घटना र विचार साप्ताहिकमा छ ।