काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बुधबार पाल्पाकोे निस्दी गाउँपालिका वडा नं ५ मा आफ्नो ८६ औं शाखा बिस्तार गरेको छ । 

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सरूले सो शाखाको उद्घाटन गरे । 

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पाल्पाकोे निस्दीमा शाखा बिस्तार गरिएको प्रष्ट्याएको छ ।