काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले बुधबार पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोबार सुरुवात गरेको छ भने एक सीमित बैंकिङ इकाईलाई पनि शाखामा अपग्रेड गरेको छ । 

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको हो । 

सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने एक्सटेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ । साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउण्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । 

यो सगै बैंकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटिने गरी १२८ शाखा, ५० शाखारहित बैंकिङ केन्द्र, ७९ एटीएम, १ सीमित बैंकिङ इकाई र ३ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा सञ्जाल बिस्तार गर्दै देशभर नै सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।