काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको प्रमुख आतिथ्यतामा वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो । 

वातावरणमैत्री घुम्ती शौचालयको सही प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढीभन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।

साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरणमैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाउँदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गरे । 

साथै सोका लागि कोषले बैंकप्रति धन्यवाद ब्यक्त गरेको समेत जानकारी गराए ।

हाल यो बैंकको देशभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईको निकै ठूलो सञ्जाल रहेको छ । बैंकको देशभर करिब १४ लाख ५० हजार ग्राहक रहेका छन् ।