काठमाण्डौ । कोरोनाले सारा विश्वलाई आफ्नो चपेटामा पारेको छ । चीनदेखि अमेरिका, स्पेन, इटली, भारत र नेपालसम्म यो भाइरसले आफ्नो प्रभाव विस्तार गरिसकेको छ । 

पूरा विश्वमा यो भाइरसको संक्रमणबाट ३० हजार हाराहारीले आफ्नो ज्यान गुुमाइसकेका छन् । र यो अझै बढ्ने क्रममा रहेको छ । यससंगै यसबाट संक्रमित हुुनेको संख्यामा पनि निरन्तर बढोत्तरी भइरहेको छ।

यस्तोमा रुसका राष्ट्रपति भलादिमिर पुुटिनले कोरोनालाई लिएर नयाँ दाबी गरेका छन् । 

पुटिनको दाबीअनुुसार अब आउने २–३ महिनामा कोभिड –१९ लाई रुसले पूर्ण रुपमा निस्तेज पार्नेछ । यसको जानकारी उनले बुुधवार रुसी व्यापारीहरुसँग भएको एउटा मिटिङको क्रममा दिएका थिए । पुुटिनले विश्वमा महामारी फैलाएको यो भाइरसलाई रुसले अन्त्य गर्न सक्ने बताएका थिए । 

तर यो भाइरसलाई कहिले सम्म अन्त्य गर्न सकिन्छ भन्न नसकिएता पनि यो चाँडै सम्भव हुुने विश्वास उनले व्यक्त गरेका छन् । यसका लागि रुस सरकार दिनरात लागिपरेको उनले बताएका छन् । 

यसक्रममा उनले रुसमा कोरोनाभाइरसले पारेको प्रभावलाई पनि कम गरिने बताएका छन् ।