काठमाण्डौ । इटालीको भेनिस सहरस्थित एउटा पुलको खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ परेका दुईजना जर्मन पर्यटकलाई साढे ९ सय युरो जरिवाना तिराइएको छ । 

सार्वजनिक स्थलमा भोजभतेर गर्न लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै त्यसरी कफी बनाएको भन्दै भेनिस नगरले ती दुई पर्यटकलाई उक्त जरिवाना तिराउनुका साथै सहर छाड्न आदेश दिएको छ । शान्तिसुरक्षासम्बन्धी ऐनकानुनमा भेनिस नगरले सार्वजनिक स्थलत्यस्ता गतिविधि पूर्ण रुपमा बन्देज गरेको छ । 

बर्लिनका ती पर्यटकहरू रिआल्टो पुलको खुड्किलोमा बसेर कफी बनाइरहेका थिए। त्यसबारे एकजना बटुवाले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनीहरुलाई पक्राउ गरी जरिवाना तिराइएको हो ।

रिआल्टो पुल द ग्र्याण्ड कानालमाथि भएका चारवटा पुलमध्ये सबैभन्दा पुरानो हो।

भेनिस शहरमा प्रत्येक वर्ष तीन करोड पर्यटक पुग्छन्। भेनिसका बासिन्दाले शहरमा ठूलो सङ्ख्यामा पर्यटकहरूको हुने भिडभाडप्रति गुनासो गर्दै आएका छन्। गत डिसेम्बर महिनामा शहरले छोटो समयका लागि आउने पर्यटकहरूका लागि १० युरो सम्मको प्रवेश शुल्क लगाउने अनुमति पाएको थियो।

भेनिसका नगर प्रमुख लुइजी ब्रुग्नारोले आन्तरिक होस् वा बाह्य दुवै खालाका पर्यटकले यहाँको नियमकानुन मान्नुपर्ने बताए । उनले सहरको नियमकानुन मजबुत पार्न स्थानी तथा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे ।  – एजेन्सी