काठमाण्डौ । समता माइक्रो फाइनान्स बित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न स्वीकृति पाएको छ । 

यो संस्थालाई बोर्डले ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार ८ सय कित्ता सेयर आइपीओका लागि मंसिर २९ गते अनुमति दिएको हो ।

आइपीओ निश्कासनको अनुमति पाएपछि माइक्रो फाइनान्सले आगामी पुस अन्तिमसम्ममा जारी गर्ने तयारी गरेको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा व्यवस्थापनमा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो कम्पनीले अधिकृत पूँजीको ३० प्रतिशत हुन आउने रकम बराबरको आइपीओ जारी गर्न लागेको बताइएको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी ३ करोड १६ लाख पुुग्नेछ । 

समता माइक्रो फाइनान्स बाराको सिमरामा अवस्थित छ । यो संस्थाले गरीब समुुदायलाई कृषि उत्पादनमा प्रोत्साहित गरी आम्दानी र रोजगारी वृद्धिका लागि काम गर्दै आएको छ ।