काठमाण्डौ । नेरुडे लघुवित्त विकास बैंक लिमीटेडले आगामी पुस २९ गते शनिवारको दिन आफ्नो एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो कम्पनीको विराटनगरको उद्योग संगठन मोरंगको सभाहलमा वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा बैंकको अधिकृत पूँजी ४० करोडबाट वृद्धि गरी ६० करोड पुर्याउने,  चुक्तापूँजीको १३ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ८० हजार बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ । 

यस्तै संचालक समितिबाट सिफारिस भए बमोजिम २०७४ असारसम्मको चुक्तापूँजीको ७.६८ प्रतिशतले हुन आउने २ करोड ३५ लाख १३ हजार ६ सय ८४ रुपैयाँ नगद लाभांशको प्रस्ताव समेत पारित हुने बताइएको छ । 

एजीएमले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत गर्नेछ । 

नेरुडेले साधारणसभा प्रयोजनका लागि पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । यसको अर्थ पुस ६ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेकाहरुले मात्र साधारणसभा सहभागी हुन, घोषित लाभांश पाउन, संचालकको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।