काठमाण्डौ । सुजुकीको चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालभर पुस ७ देखि ९ गते सम्म सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्ने भएकोे छ । 

कम्पनीद्वारा प्रेषित विज्ञप्तिकाअनुसार ३ दिनसम्म चल्ने उक्त एक्स्चेञ्ज क्याम्प कम्पनीका देशभर रहेका बिक्रीकेन्द्र मार्फत सञ्चालन गरिनेछ । 

क्याम्पमार्फत कम्पनीले विशेष एक्सचेञ्ज अफरका रुपमा छानिएका मोडलहरुमा रु. ७५ हजारसम्मको एक्सचेञ्ज बोनसका साथै सुजुकीका मोडलहरुमा प्रतिस्पर्धात्मक छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । 

उपभोक्तालाई थप सहजताको अनुभव दिने सोचका साथ कम्पनीले अनस्पट भ्यालुएशनका साथै अनस्पट फाइनान्स सुविधा पनि प्रदान गर्ने बताएको छ । विज्ञप्तिअनुसार क्याम्प अवधिभर पुराना कारका लागि उत्कृष्ट भ्यालुएशनका साथै सुजुकी ब्राण्डका चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने उपभोक्तालाई उत्कृष्ट डिल पनि प्रदान गरिनेछ । 

सुजुकी ब्राण्डका चार पाङ्ग्रेअन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागन आर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नी कार्गो, ओम्नी भ्यान र ईको लगायत रहेका छन् ।