काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुग्ने भएपछि नगद लाभांशलाई प्राथमिकतामा राख्दै लाभांशको प्रस्ताव  गरेको छ ।

सोमबार बसेको बैंक संचालक समितिको २०३ औं बैठकले २ अर्ब ४४ करोड चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

यो बैंकले हालै मात्र १० बराबर ८ को अनुपातमा  हकप्रद सेयर निश्कासन गरी चुक्तापूँजी २ अर्ब ४४ करोड ५२ लाख कायम भएको थियो ।

बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल २८ करोड २५ लाख ३९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।