काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा जनवरीदेखि जाने भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज, भेण्डर कम्पनी वाइकोबीच भएको वार्तापछि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा पूर्ण रुपमा जनवरीदेखि दिने समझदारी भएको हो । 

त्यसअघि आंशिक र ऐच्छिक रुपमा भने लगानीकर्ताले मंसिर २३ गतेदेखि पूर्ण अनलाइनको यूजर नेम र पासवर्ड लिन पाउनेछन् । 

चारवटा लगानीकर्ताका संगठनको अगुवाईमा नेप्से परिसरमा प्रदर्शनलाई जारी राखेका लगानीकर्ताले आफ्नो आन्दोलन पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली नआएसम्म नरोकिने र नेप्सेबाट घर समेत  नफर्किने अडान दिएपछि भएको वार्तामा जनवरीदेखि पूर्ण अनलाइन लगानीकर्तालाई चलाउन दिने समझदारी बनेको नेप्से प्रमुख चन्द्रसिंह साउदले जानकारी दिए । 

लगानीकर्ताका नेता, वाइको र नेप्सेसँग कायम यही समझदारी नेप्से प्रमुख चन्द्रसिंह साउदले आन्दोलन गर्न पुगेका लगानीकर्तालाई सुनाएका छन् । उनले मंसिर २३ गतेदेखि पासवर्ड र यूजर नेम लिन पाउने र जनवरीदेखि भने पूर्ण रुपमा सबै लगानीकर्ताको हात हातमा अनलाइनको चाबी पुग्ने बताएका हुन् ।