काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पूर्वाधार विकास निर्माणका आयोजनाहरुले विदेशबाट अल्पकालीन सापटी ल्याउन पाउने व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै नेपालमा संचालन भइरहेका पूर्वाधार विकास निर्माणका आयोजना निर्माणको क्रममा चालु खर्चलाई धान्न अल्पकालीन सुविधा आवश्यक परेमा विदेशबाट सापटी ल्याउन सकिने व्यवस्था गरिएको प्रष्ट्याएको हो । 

तर, त्यसरी अल्पकालीन सापटी ल्याउनका लागि सम्बद्ध पक्षले पूरा गर्नुपर्ने शर्तहरु समेत तोकिएको छ । एकवर्षभन्दा कम अवधिका लागि मात्र यस्तो सापटी ल्याउनुपर्ने तथा यस्तो सापटी परियोजना निर्माण गर्न चालु खर्च धान्ने प्रयोजनका लागि मात्र ल्याउन पाइने बताइएको छ । यस्तो सापटी निब्र्याजी प्राप्त गरेको हुनुपर्ने शर्त समेत तोकिएको छ । अन्य शर्त यस्ता छन्: