काठमाण्डौ । हालै संचालन अनुमति पाएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष अनुज अग्रवालले फागुन १ गते सपथ ग्रहण गरेका छन्।

नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट अध्यक्ष अग्रवालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी, शिवराज श्रेष्ठसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो । 

समारोहमा इन्फ्रास्ट्रक्चर बैंकका संचालक चन्द्रप्रसाद ढकाल र नुमनाथ पौडैल एवं प्रमुखकार्यकारी अधिकृत अनिल ज्ञवाली र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो वित्तीयकारोबार संचालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा बैंक केही दिनमै संचालनमा आउने समेत बताइएको छ ।