काठमाण्डौ। पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुईजनामा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालद्वारा शुक्रबार बिहान जारी विज्ञप्तिअनुसार देवचुली वडा नं. १९ र २० का दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए।

दुवैको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो। दुवैलाई मध्यविन्दु अस्पताल लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ।