काठमाण्डौ । सरकारले पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । 

बिहीबार बसेको मन्त्रीपरिषद बैठकले पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए । 

आयोग सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल तोकिएका छन् भने सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्कीलाई नियुक्त गरिएको छ । आयोगलाई २१ दिनको समय दिइएको छ । यो समयमा आयोगले नयाँ संविधान अनुसार निार्वचन क्षेत्र निर्धारण गर्नुपर्नेछ ।

संविधान अनुसार प्रतिनिधि सभाको १६५ वटा र प्रदेशका ३३० निर्वाचन क्षेत्र निर्धारणको जिम्मेवारी आयोगले पाएको हो । यही सीमाभित्र रहेर आयोगले क्षेत्र निर्धारण गरी सरकारलाई प्रतिवेदन बुुझाउनुुपर्नेछ ।