काठमाण्डौ । नेपाल पूर्व प्रहरी संगठनको साधारणसभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक लिमीटेडबीच सरल कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । 

मंसिर २७ गते नेपाल पूर्व प्रहरी संगठनको धापासीस्थित सभाहलमा भएको उक्त सम्झौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष श्रबसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए ।

प्रतिनिधि सभा सदस्य नवराज सिलवाल प्रमुख अतिथि रहेका सो कार्यक्रममा संगठन र बैंकबीच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धी महत्वपूर्ण सम्झौता भएको थियो । 

पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकास हुने कुरा समेत बताए । 

प्रतिनिधि सभा सदस्य नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानोभन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने बताए।

कार्यक्रममा हस्ताक्षर गर्नुपूर्व नै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंक लिमिटेडले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङ्गमा सरल कर्जा सम्बन्धी बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेकोमा बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत क्रमश संचालन गर्ने प्रतिबद्घता जनाएको छ ।